म र ‘महको म’

पछिल्ला केही वर्ष यता पुस्तक लेखन, प्रकाशनमा बृद्धि भएको छ ।  लेखन र प्रकाशनमा बृद्धि भएसँगै पाठकमा पठन संस्कृतिको पनि विकास भएको बताउन थालिएको छ । पुस्तक विमोचन भब्य तरिकाले गर्ने मात्रै होइन त्यसको प्रचारमा पनि विशेष तौर तरिका अपनाउन थालिएको छ । यसले पनि पठन संस्कृतिको विकासमा बृद्धि नै गरेको स्वयम् प्रकाशकहरु बताउँछन् ।

पछिल्लो दशक सके आँफैं पुस्तक लेख्ने, लेखनमा आफैंप्रति विश्वास नभए व्यवसायिक राइटरलाई लेख्न लगाउने चलन बढोत्तरी भएको छ । यही भिढमा उद्योगी देखि कलाकारसम्म मिसिएका छन्् ।

अर्वपति विनोद चौधरी देखि कलाकार मह जोडीसम्म यो यात्रामा लामबद्ध भैसकेका छन् । चौधरीको आत्मकथा देखि हरिवंशको चिना हाराएको मान्छे होस या हरिबहादुर होस् अथवा एनआरएनको अनुभव समेटिएको पृथिवीलाई सात फन्को लगाउँदा होस, यी अधिकांश पुस्तक मन पराइए ।

आत्म कथाकै लेखनमा पछिल्लो समय देखा पर्यो महको म । अर्थात कलाकार मदन कृष्ण श्रेष्ठको आत्मकथा समेटिएको पुस्तक महको म प्रकाशन भयो ।

आफ्ना सारा जिवन र अनुवभ, सुख र दुःख तथा संघर्ष र सफलता समेटिएको पुस्तक मैले पनि पढें । जिवन र जगत बुझाउने र संघर्षका लागि सँधै प्रेरित गर्ने यो पुस्तक लाग्छ पढ्दा फाइदा नै हुन्छ ।

यसरी एकातिर पुस्तक विक्री हुनु भनेको श्रष्टा बाँच्नु हो भने अर्को तिर उसको सिर्जनाको सम्मान गर्नु पनि हो । त्यसमा पनि सबैका आदर्श पुरुषका अनुभव पढ्नुको मजा र त्यसको दीर्घकालीन फाइदा आफ्नै ठाउँमा हुन्छ ।
संघर्ष, संघर्ष अनि संघर्ष नै जीवन हो । आलोचना जीवनलाई सुधार्दै लैजाने र सफलताको कसीमा आफूलाई मापन गर्ने प्रक्रिया हो । अविचलित उकाली, ओराली अनि घुम्ती र कुइनेटाहरु जिन्दगीलाई बुझाउँने र सतीशाल बनाउँदै लैजाने प्राकृति पद्धति हुन् । जनताको सम्मानको सम्मान गर्नु चाँही शिखरमा रहिरहन सक्ने कारण हो, अन्यथा यात्रा जिरो किलोमिटरमै गएर टुंगिन्छ, यो चाँही बुझाई हो ।

यस्तै सन्देश दिन्छन्, आदर्श व्यक्तिका आत्मकथा र अनुभवहरुले । मेरो आफ्नै अनलाइन सपिङ छ । यो तपाइँहरु धेरैलाई थाहा पनि छ । जिन्दगी र जगतलाई चिनाउने र आफैलाई चिन्न प्रेरित गर्ने आरणी दाई मदनकृष्ण श्रेष्ठ दाईको पुस्तक ‘महको म’ पनि यो अनलाईन सपिङ मार्फत यहाँले किन्न पाउनु हुनेछ । व्यापार भन्दा पनि युवा पुस्तामाझ पठन संस्कृतिको विकासमा सयोग गर्न सकौं भन्ने मेरो यो प्रयासमा तपाईंको पनि साथ रहनेछ भन्ने मेरो अपेक्षा छ ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email