काठमाडौं । हामी महिलाहरुको महान चाड हरितालिका तिज आयो । म पनि यही अवसरमा तिज गीत लिएर तपाइँहरु समक्ष आएको छु । हरेक वर्ष झैं तपाइँलाई नचाउने खालको गीत बनाउने प्रयास गरेकी छु ।
माइती र चलीको आपसी सम्बन्ध, वर्षभरी टाढिएर बस्नुको पीडा, सासुको बुहार्तन र पराई घरको दिक्दारीपछि माइतीसँग भेट्दाको उल्लास तीज गीतको विशेषता हुन् ।
हुन त विश्व अहिले तपाईं हाम्रो हातको मोबाइलमा छ । माइतीले चेलीलाई भेट्न एक वर्ष कुुर्नु पर्दैन । तर, पनि हाम्रो रहनसहन, संस्कार, संस्कृति र परम्परा नै हाम्रो चिनारी हो । यथार्थमा हाम्रो पहिचान हो । त्यसैले मैले यो पटक पनि यस्तै तिज गीत लिएर आएकी हुँ । मेरो गीतको बोल छ ‘दर खाने दिन…’
यो गीतको शब्दका लागि कुमार विवाहित दाईप्रति आभार व्यक्त गर्न चहान्छु भने सुमधुर संगीतका लागि लोकप्रिय बिबि अनुरागी दाईप्रति ऋणी छु । गीतको उत्कृष्ठ म्युजिक भिडियो निर्देशनका लागि गोविन्द राई र छायांकनका लागि मधुर बस्नेतप्रति नमन् । सम्पादनका लागि निसान घिमिरेप्रति आभार व्यक्त गर्दछु भने पहिरनका लागि सिक्क फेसन दरबारर्मालाई धेरै धेरै धन्यवाद !
हाम्रो यो टिमले निकै मेहनत गरेर निर्माण गरेको गीत तपाइँलाई कस्तो लाग्छ हेरेर र सुनेर प्रतिक्रिया दिन मेरो अनुरोध छ । यो सँगै मेरा अन्य गीत लिएर म देश तथा विदेशका विभिन्न शहरमा तपाइँलाई भेट्न चाँडै आउँदैछु । तपाइँकै शहरमा भेटौंला । सुखी रहनुस् खुसी रहनुस् । हरितालिका तिजको सुभकामना !!!