सगरमाथा जस्तै उचो !

भिन्न भिन्न कला साहित्य अनि संस्कृति हाम्रो पहिचान हो भने विभिधता हाम्रो विशेषता । क्षेत्रफलका हिसावले निकै सानो हाम्रो देश कला, साहित्य अनि संस्कृतिको नजरले भने हामी निकै ठूला छौं । त्यसैले त हाम्रो शिर सँधै सगरमाथा जस्तै उचो छ । यसैले पनि होला महाकवि लक्ष्मीप्रसाद देवकाटाले लेखेका के नेपाल सानो छ रु यो निवन्धमा महाकवि देवकोटाको सार छ, हामी विश्व मानचित्रमा सानो छौं तर साहित्य, संस्कृति, भाषा र कलाका दृष्टिले भने सबैभन्दा ठूला छौं । धनी छौं ।

विश्व मान चित्रमा यही हाम्रो चिनारी हो, गौरव गर्न लायक पहिचान हो । तर भूमण्डलीकरणले विश्व सानो गाउँमा परिणत भएकोको अवस्थामा यसलाई बचाइराख्नु भनको चाहिँ चुनौति हो । पाश्चात्य संचारगृहको क्रमशः बढ्दो पहुँच र त्यसको प्रभाव हाम्रा लागि जति सकारात्मक पक्ष हो त्यो भन्दा बढी नकारात्मक सावित पनि हुनसक्छ । पाश्चात्य, भाषा, संस्कृति, भेषभुषा, लवाई, खवाई र चालचलन नै आदर्श भन्ने मानशिकताबाट माथि उठ्न नसके हाम्रो पहिचान पनि गुम्ने खतरा हुन्छ । यसबाट सचत रहनु हरेक नागरिकको कर्तब्य हो भने सचेत राज्यको बहकिने मनलाई रोक्नु आफ्नो धर्म ।

यही मौलिकतालाई बचाउने विभिन्न माध्यम हुनसक्छन् । पछिल्लो समय विभिन्न जाती, भाषा र भूगोललाई केन्द्रित गरेर हुने मिस प्रतियोगिताहरु पनि आफ्नो मौलिक पहिचान हुन सक्छन् । तर, यसलाई जाति, भाषा र धर्मको रंग भने दिनु हुँदैन । माथी उल्लेखित तीन कुराबाट बचेर गरिने यस्ता प्रतियोगिताले हाम्रो कला, संस्कृतिलाई नै जगेर्ना गर्न मद्धत पुग्छ । तर माथी उल्लेखित तीन पक्षको लेप लाग्यो भने त्यो भने देशको एकता र सहिष्णुता खल्बल्याउने कारण बन्छन् । त्यसैले म भन्छु कला साहित्य र संस्कृति हाम्रो सम्पत्ति हुन्, धरोहर हुन्, यसलाई बचाई राख्नु हाम्रो दायित्व हो ।

गतसाता मिस तामाङ प्रतियोगितामा निर्णायकको भूमिकामा बस्ने अवसर प्राप्त भयो । सौहार्दपूर्ण वातावरणमा चोखो मनले हुने यस्ता प्रतियोगिता हुनै पर्छ । जसले जातीय, भाषिक र क्षत्रीयको भाषा नबोलोस मात्र कला, संस्कृति र पहिचानलाई मुखरित गर्दै त्यसलाई अझ उचो बनाओस । ठ्याक्कै त्यस्तै, सगरमाथा जस्तै ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email