काठमाडौं । गायिका सुनिता दुलाल एक महिना लामो सांगीतिक यात्रा ‘सुपरस्टार धमाका’का लागि पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका जिल्लातर्फ लागेकी छन् ।
उपभोक्तालाई ‘लेवल’ प्रयोग नभएको सावुन प्रयोग नगर्न सचेत बनाउन ह्विल ओके, भिम साबुन, ह्विल सर्फ र सन्सिल्क सेम्पुले आयोजना गरेको सांगीतिक कार्यक्रममा गायिका सुनिताले आफ्नो सांगीतिक प्रस्तुती दिन लागेकी हुन् ।
“आफूले प्रयोग गर्न लागेको उपभोग्य बस्तुको उपभोग गर्ने मिति सकिएको छ कि छैनरु, उपभोग गर्ने मिति सकिएको सावुन प्रयोग गर्नु हुँदैन भन्ने कुरामा उपभोक्तालाई सचेत गराउन यो सांगीतिक कार्यक्रम आयोजना भएको हो,” सुनिताले भनिन्, “उपभोक्ता जागरणका लागि कार्यक्रम सफल हुने अपेक्षा गरेका छौं ।”
‘सुपरस्टार धमाका’ मा गायिका दुलालको प्रस्तुतीसँगै चेतनामुलक नाटक, नृत्य लगायतका अन्य प्रस्तुती पनि रहने आयोजकले जनाएको छ । साभार: www.12khari.com