गीतसँगै अनलाइन विजनेसमा सुनिता

काठमाडौं । गायिका सुनिता दुलाल गीतसँगै अनलाइन ‘विजनेस’ मा पनि सक्रिय छिन् । सन् २०११ बाट ‘आई–सप’ सञ्चालनमा ल्याएकी उनी अनलाइन बाटै अर्डर लिँदै आएकी छन् ।

“२०११ बाट ‘आई–सप’ सुरु गरेकीँ हुँ,” सुनिता भन्छिन्, “अहिले भने अनलाइनमा आएको समस्याका कारण अनलाइनबाट अर्डर लिन सकेकी छैन ।” अहिले फेसबुक र भाइबरबाटै अर्डर लिने गरेको उनले बताइन् ।

“सिजनमा निकै धेरै अर्डर आउँछ, सबै अर्डर अनुसार काम गर्न सकिँदैन,” उनी भन्छिन्, “विवाह तथा चाडवाडमा धेरै माग आउँछ ।”

महिनाको कम्तिमा ४/५ लाख रुपैयाँको अर्डर आउने गरेको उनले बताइन् । “एउटै परिवारबाट ४/५ लाख रुपैयाँसम्मको अर्डर आउँछ,” सुनिता भन्छिन्, “सिजनमा महिनाको ५/७ लाखसम्मको अर्डर आउँछ ।”

‘अफ सिजन’ मा पनि ३/४ लाख रुपैयाँको अर्डर आउने गरेको उनको दाबी छ । सुनिता तीज गीत्सँगै लोक, लोकदोहोरी तथा राष्ट्रिय गीत गाउँदै आएकी छन् । www.12khari.com बाट साभार

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email