बाढीपीडितलाई मेरो सहयोग

काठमाडौं । तराईका दुई दर्जन भन्दा धेरै जिल्लामा वर्षासँग आएको बाढीले डेढ सय भन्दा धेरैको ज्यान लियो । यो दुःखद परिस्थितीमा पीडितलाई सहयोग गर्नु सबैको दायित्व हो ।

पीडितलाई सहयोग स्वरुप भन्दै ‘पिपुल टु पिपुल’ अभियान सुरु भएको छ । उक्त अभियानमा कलाकारहरुले सकेको सहयोग गरिरहनु भएको छ । जनतालाई अफ्ठ्यारो परिरहेका बेला सहयोगका लागि सुरु भएको उक्त अभियानमा मैले पनि २० हजार ५ सय सहयोग गर्ने अवसर पाएँ । यसका लागि अभियानप्रति कृतज्ञता प्रकट गर्छु ।

चहर्याइरहेको घाउमा मलम लगाउन सकेको प्रयास सबैले गरौं । सुख र खुसी मात्रै होइन दुःख पनि बाँड्ने बानी बसालौं । प्राकृतिक विपत्तिमा परेकालाई उद्धार र सहयोग गरौं ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email