योगबाट शुरु हुन्छ मेरो दैनिकी

। स्वस्थ तन र मनले अभ्यास गरेमात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने उक्तिलाई पुष्टि गरेकी छिन् यति बेलाकी चल्तीकी गायिका सुनिता दुलालले । सयौं लोक गीत गाएर श्रोताको दिलको ढुकढुकी बनेकी दुलाल आफुलाई फिट एण्ड फाइन राख्न के गर्छिन त ? यो भने धेरैलाई थाहा नहुन सक्छ । आफ्नो गीतमा आफैं मोडलिंग समेत गरेर गायिका दुलालले आफ्नो अर्को क्षमतापनि देखाइसकेकी छिन् । १६ वटा एकल एल्वमसहित ३ सय भन्दा बढी गीतमा स्वर दिइसकेकी दुलाललाई यो सबै क्षमता र व्यस्तताका बीचपनि उस्तै सुन्दर, फुर्तिलो र जाँगरिलो बनाएको हो योगले । दुलाल योगमात्र होइन आफुलाई स्वस्थ राख्न अरु पनि थुपै्र सजगता अपनाउँछिन् । सुनिताका ‘फिट एण्ड फाइन’ रहने पाँच तरिका   १. बिहान पौने पाँच बजे उठ्ने र तीन गिलास मनतातो पानी पिउने । २. दैनिक ४ किलोमिटर हिड्ने र एक घण्टा योग । ३. जंकफूड र चिल्लो पिरो निषेध ।  ४. प्रशस्त फलफूल सेवन । ५. झोलामा स्वस्थवद्र्धक खाने कुरा नछुटाउने । पहिले पहिले व्यस्त दिनचर्याका कारण स्वास्थ्यमा त्यति ध्यान दिने फुर्सद हुँदैन थियो । तर हाल आएर स्वास्थ्यप्रति धेरै नै सचेत छु । विदेश कार्यक्रममा जाँदा खाना र निन्द्रालाई व्यवस्था गर्दा बिरामी परेको स्मरण गर्दै भनिन् ‘अब स्वास्थ्यमा कहिले पनि हेलचेक्याईं गर्दिन ।’ विदेशमा जाँदा लामो समयसम्म स्टेज कार्यक्रमले खाना र सुत्ने समय नपाउँदा आफू बिरामी परेको अनुभव सुनाउँदै भनिन् ‘चिकित्सकको सल्लाहअनुसार सधैं केही न केही खाने कुरा व्याग मै लिएर हिँड्छु । स्वास्थ्य नै ठूलो धन हो भन्ने राम्रोसँग बुझेकी गायिका दुलालको घर बाहिर निस्कँदा केही न केही खानेकुरा झोलामै हुन्छ । त्यसैगरी बिहान उठ्ना साथ ३ गिलास मनतातो पानीका पिएर दैनिक जीवन सुरुवात गर्छिन् उनी । ‘स्वास्थ जीवन जीउनको लागि म सथै योगा जान्छु ।’ गायिका दुलालले भनिन्, ‘योगाको लागि म ५ बजे उठेर मनतातो पानी पिएर हिँड्दै जान्छु ।’ चिल्लो, पिरो तथा मसालेदार खानाबाट टाढा रहनुका साथै फलफूलमा बढी जोड दिनु उनको बानी छ । त्यसैले घरमा कहिले पनि चिल्लो खाना पाक्दैन । जंकफुडबाट सधैँ टाढा हुने उनको बानी छ । समयमै खाने र समयमै सुत्ने हो भने स्वास्थ्य जीवन जीवन अरु कुराको त्यति धेरै आवश्यक नपर्ने उनी बताउँछिन् । त्यसैकारण समयमै खानुका साथै ढिलामा १० बजे उनी सुतिसक्छिन् । सधैँ व्यायाम गर्दा स्वस्थ रहने हुँदा आफ्ना फ्यानलाई पनि सधै व्यायाम गर्न उनको सुझाव छ । बिरामी भएपछि मात्र अस्पताल जाने आम नेपालीको बानी गलत भएको उनको बुझाई छ । अस्पताल बिरामी भएपछि मात्र नभइ बिरामी नहुन पनि नियमित जानुपर्ने दुलालको सल्लाह छ । बिरामी भएर अस्पताल गएपनि भर्ना नै हुने गरी अहिलेसम्म अस्पताल नगएको उनी बताउँछिन् । Source: http://hamrodoctor.com/news/57075f865c351

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email