दृष्टिबिहिनका लागि भवन बनाउँदैछु

काठमाडौं । दृष्टिबिहिनहरुका लागि मैले भवन निर्माणका लागि अभियान सुरु गरेकी छु । सिन्धुपाल्चोक नेत्रहिन संघसँग सहकार्य गर्दै एक तले पक्की भवन निर्माण गर्ने योजना अनुसार मैले भवन निर्माणको अभियान सुरु गरेकी हुँ ।

फर्निचर सहित करिब ३६ लाख रुपैयाँ भवन निर्माणका लागि लाग्ने अनुमान गरिएको छ । यसका लागि मैले विभिन्न ठाउँमा च्यारिटी शो समेत गर्ने योजना बनाइरहेकी छु । भवनको नक्सासमेत तयार भैसकेको छ ।

अपांगता भएका व्यक्तिहरुका लागि सिपमुलक तालिम, बाध्यबाधन तथा आवास सुबिधासहतिको सुविधा सम्पन्न भवन निर्माण गर्नु पर्नेभएकाले सहयोगका लागि मैले आग्रहसमेत गर्दै आएकी छु ।

दृष्टिविहिन तथा अल्पदृष्टिबिहिनहरुका लागि स्वरोजगार र आत्मनिर्भर गराउने उदेश्यले मेलम्ची नगरपालिका ११ मा बन्न लागेको घरका लागि देश तथा विदेशमा रहनुहुने सबैले सहयोग गर्न सक्नुहुनेछ ।

जिल्लाभित्र रहेका सयौं दृष्टिविहिनहरुले आवश्यक तालिम लिने सके उनीहरुभित्रको प्रतिभा उजागर हुने र स्वरोजगार बन्न सहयोग पुग्ने उदेश्यले भवन निर्माण गर्न लागिएकाले यहाँहरुको अमुल्य सहयोगको अपेक्षा गरेकी छु ।

भवन निर्माण अभियानका लागि अमेरिकाको बाल्टिमोरबाट केही सहयोगी मनहरुले सहयोग गर्नु भएको छ । राजकुमार सापकोटा, सिताराम दुलाल र दिनेश खतिवडाले एक∕एक सय डलरका दरले तीन सय डलर सहयोग गर्नु भएको छ । यो सहयोगका लागि यहाँहरुप्रति कृतज्ञता प्रकट गर्छु । उहाँहरुको जस्तै तपाइँहरुबाट पनि सकेको सहयोगको अपेक्षा गरेकी छु ।

हाम्रो सानो सहयोगले अपलपत्र परेका सयौंको जीवन लयमा फर्किन्छ भने सानो भएपनि कदम किन नचाल्ने भनेर सुरु गरेको यो अभियानमा यहाँहरुको पनि होस्टेमा हैंसे रहनेछ भन्ने मेरो अपेक्षा छ ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email