दृष्टिविहीनका लागि भवन बनाउँदैछ, सहयोगको अपेक्षा गरेकी छु


काठमाडौं । अपांगता अझ म यसलाई फरक क्षमता भएका व्यक्ति भन्न रुचाउँछु । उहाँहरुमा हामी जत्तिकै कतिपयमा त हाम्रोभन्दा पनि धेरै क्षमता हुन्छ । जब म सिन्धुपाल्चोक नेत्रहीन संघमा पुँगे त्यहाँ मैले गरेको अनुभव हो यो । उहाँहरुले यती मिठोसँग बाध्यबाधनका सामग्रीहरु बजाउनुभयो । मैले अपेक्षा नै गरेको थिइन । त्यहाँ मैले उहाँहरुको क्षमता पहिचान गर्ने अवसर पाएँ । र मलाई लाग्यो मैले सकेको केही सहयोग गर्नुपर्छ । 

उहाँहरुले मलाई आँफूहरुका लागि आवास सहितको भवनको आवश्यकता रहेको बताउनु भयो । मैलै पनि आँट गरें । र, उहाँहरुसँग सहयोग गर्ने प्रतिबद्धता जनाएर फर्किएँ । यसको मतलब अब मैले उहाँहरुलाई भवन निर्मााणका लागि सहयोग गर्नुपर्छ ।  सिन्धुपाल्चोक नेत्रहीन संघसँग सकार्य गर्दै मैले पक्की भवन निर्माण गरिदिन अभियान सुरु गरेकी छु ।

करिब ३६ लाख रुपैयाँमा फर्निचर सहितको घर निर्माण गर्नुपर्नेछ । यसका लागि मैले देश तथा विदेशका विभिन्न ठाउँमा च्यारिटी शो समेत गर्नुपर्नेछ । यसमा यहाँहरुको सहयोगका अपेक्षा गरेको छु । 

दुई वर्षभित्र भवन निर्माण गरिसक्ने योजना छ । अपांगता भएका व्यक्तिहरु बस्ने तथा सिपमुलक र बाध्यबाधनको कक्षा लिन मिल्ने सुविधासम्पन्न भवन निर्माण गरिदिने लक्ष्य अनुसार सहयोग शंकलनका लागि जुटेकी छु । यसका लागि सुनिता दुलाल फाउन्डेशन र नेत्रहीन संघले सहयोग रकम जुटाउने छ ।

सिन्धुपाल्चोक जिल्लाका दृृष्टिविहीन तथा अल्पदृष्टिविहीन व्यक्तिहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने अभिप्रायले आवाससहितको तालिम केन्द्र तथा कार्यालय र आवासका लागि मेलम्ची नगरपालिका भित्र भवन निर्माण गरिने छ । यसका लागि नक्सा समेत बनिसकेको छ ।

जिल्लामा सयौंको संख्यामा दृष्टिविहिन हुनुहुन्छ । भरपर्दो संस्था तथा सहयोगको अभावमा उहाँहरु घरमै खुम्चिएर बस्नु परेको छ । त्यसैले आवास तथा कार्यालय प्रयोजनका लागि भवन निर्माण गर्न सकियो भने उहाँहरुलाई सवल र सक्षम बनाउन सकिन्छ भन्ने हाम्रो लक्ष्य छ । यसका लागि यहाँहरुको सहयोगको अपेक्षा हामीले गरेका छौं । हामीले गरेको सानो सहयोगले कसैको जीवन रंगिन हुन्छ भने हामी किन सहयोग नगर्ने भन्ने धारणाले मैले यो अभियान सुरु गरेकी छु । यो अभियानमा सहयोगी हातहरु अगाडि बढ्नेछन् र फरक क्षमता भएका व्यक्तिहरु लावान्निवत हुनुहुनेछ मेरो विश्वास छ । यो रंगिन सपनामा तपाइँहामी पनि सहभागी बनौं । मेरो विनम्र आग्रह । 

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email